काठमाडौं, २५ भदौ । निर्मला पन्त हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप–सचिव एवम् समितिका सदस्य बीरेन्द्र बहादुर केसीले राजीनामा दिएका छन्।
सोमबार रिपोटर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै केसीले राजीनामा दिएको जानकारी दिए । समितिले गरेको छानविनले निर्मलाले न्याय पाउनेमा आफूलाई शंका लागेकाले छानबिन समितिबाट राजिनामा दिएको उनले स्पष्ट पारे । उनले भने,‘निर्मलाको न्यायका लागिनै मैले राजीनामा दिएको हुँ ।’ गृहमन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित पाँच सस्यीय उच्चस्तरीय छानविन समितिको अनुसन्धानप्रति केसीले आफ्नो कुनै असन्तुष्टि नरहेको बताए।
सरकारले घटनाको अनुसन्धान गर्ने आइतवार १५ दिन म्याद थप गरेको छ। म्याद थपिएसँगै केसीले समितिबाट राजीनामा दिएका छन्। केसीले भने,’ म्याद थप गरिएकोमा मेरो असन्तुष्टि हो। अब म समितिमा बसेर काम गर्दिनँ।’
उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘घट्नाको छानबिनको क्रममा सत्य, तथ्य प्राप्त गर्ने र मुख्य अपराधी पत्ता लगाउन लागीपर्ने अठोटसँगै आफू क्रियाशील रहँदा मेरो ज्यान जोखिममा रहेको र शक्तिशाली अपराधीबाट मलाई जुनसुकै समयमा पनि हत्या गर्न सक्ने प्रवल सम्भावना रहेकाले, नेपाल सरकार, राष्ट्रिय मानवअधिकार आयोग, युनाईडेट नेशन ह्युम्यान राईट्स अफिस अफ द हाई कमिशन, मानव अधिकार सम्र्वद्धन तथा प्रर्वद्धन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था, सञ्चार जगत नागरिक समाज र राजनीतिक दल लगायतलाई मेरो जीवन रक्षाको लागि सहयो गरिदिन हार्दिक आग्रह गर्दछु ।’
प्रतिक्रिया दिनुहोस्