प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनुवाई आज हुँदै

काठमाडौं, भदौ २५ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि प्रस्तावित न्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाई हुँदैछ ।
मिश्रको सुनुवाइका लागि संसदीय सुनुवाई समितिको बैठक सिंहदरवारमा बस्दैछ ।
मिश्रको नाम समितिले अनुमोदन गरे परिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्रधाननयायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
संवैधानिक परिषद्को गत भदौ ७ गते बसेको बैठकले कायममुकायम प्रधानन्यायाधीश समेत रहेका मिश्रलाई प्रधानन्यायाधीका रुपमा प्रस्ताव गरेको हो । वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सुनुवाई समितिले अस्वीकृत गरेपछि परिषद्ले न्यायाधीश मिश्रको नाम सिफारिस गरेको थियो ।
समितिका अनुसार मिश्रबिरुद्ध ४ वटा उजुरी परेका छन् । समितिलेले उजुरीकर्तासँग यसअघि नै छलफल गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्