काठमाडौं, २५ भदौ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या मुद्दामा सफाई पाएका छविलाल पौडेल रिहा भएका छन्।
हिजो जिल्ला अदालत चितवनले फुजेल काण्डका १३ जना प्रतिवादीमध्ये फरारबाहेक सबै १२ जनालाई सफाइ दिने फैसला गरेको थियो। पौडेलले सर्वोच्चमा आत्मसमर्पण गरेका थिए।
चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले सफाइ दिने फैसला गरेसँगै पौडेल आज बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
डिल्लीबजारस्थित कारागारबाट अधिकारी रिहा हुँदा फुजेलबासी र नेकपाका कार्यकर्ताले बाजागाजासहित स्वागत गरेका छन्।
बाबु नन्दप्रसाद र आमा गंगामाया अधिकारीले अनशन जारी नै राखेपछि २०७० साल चैत्र ३० मा चितवन जिल्ला अदालतमा १३ जना विरुद्ध मुद्दा दायर भएको थियो।
छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमा रहेका बाबु नन्दप्रसादको अनशनका क्रममा निधन भएको थियो।
आमा गंगामायाले भने केही महिनाअघि अनशन तोडेकी थिइन्। अनशनका क्रममा निधन भएका नन्दप्रसादको अझै दाहसंस्कार भएको छैन।
प्रतिक्रिया दिनुहोस्