काठमाडौं, २५ भदौ । बिमस्टेक फोरम सम्बद्ध मुलुकका सेनाबीच सोमबार (भदौ २५ गते) देखि भारतको पुणेमा सुरु हुने संयुक्त सैन्य अभ्यासमा नेपालसंगै थाइल्याण्ड र भुटान पनि सहभागी नहुने भएको छ ।
बिमस्टेकमा भारतको हालीमुहाली रहँदै आएकामा काठमाडौंमा हालै सम्पन्न चौथो शिखर सम्मेलनमा भारतमा संयुक्त सैन्य अभ्यास गर्ने निर्णय भएको थियो ।
भदौ ३१ सम्म आयोजना हुन लागेको संयुक्त सैन्य अभ्यासमा नेपालमा ब्यापक आलोचना हुन थालेपछि तत्कालीन अवस्थामा सहमति जनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले सैन्य अभ्यासमा सहभागीता नजनाउने निर्णय गरेका थिए ।
अहिले थाइल्याण्ड र भुटान सरकारले पनि अब्जर्भर मात्रै पठाउने र अभ्यासमा आफू सहभागी नहुने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्