दक्षिण सुडानमा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु, चारजनाको जीवितै उद्धार

काठमाडौं,  २५ भदौ । दक्षिणी सुडानमा भएको विमान दुर्घटनामा १९ जनाको मृत्यु भएको छ ।दुर्घटनामा परेका दुई बालबालिकासहित चार जना भने बाँच्न सफल भएका छन् । २३ जना यात्रु लिएर राजधानी जुवाबाट इरोल जाँदै गरेको विमान दुर्घटनामा परेको हो ।खराव मौसमका कारण विमान दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।
घटनामा चार जनालाई सकुशल उद्धार गरिएको अगुकले बताएको बीबीसीले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्