काठमाडौं, २४ भाद्र । प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रसँग सोमबार संसदीय सुनुवाइ हुने भएको छ । संसदीय सुनुवाइ समितिमा उनीविरुद्ध परेका उजुरी र भावी कार्ययोजनाबारेमा सुनवाइ हुन लागेको हो ।
समितिको आजको बैठकले प्रस्तावित उनीविरुद्ध परेका सिकायतबारेमा उजुरीकर्तासँग सोधपुछ गरेपछि प्रस्तावित प्रधान्यायाधीशलाई सोमबार बिहान सुनुवाइका लागि बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।
प्रस्तावित प्रधानन्यायाधीशका विषयमा चार उजुरी परेकोमा एक जनाले उजुरी फिर्ता लिएका थिए भने तीन जनासँग समितिले आवश्यक सोधपुछ गरी प्रष्ट हुने प्रयास गरेको थियो ।
यसअघि प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले दीपकराज जोशीको नाम संसदीय सुनुवाइका लागि सिफारिश गरेकोमा समितिले उनको नाम अस्वीकार गरेको थियो ।
जोशीको नाम अस्वीकृत भएपछि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशका रूपमा रहेका मिश्रको नाम संसदीय सुनुवाइका लागि पठाएको थियो । ।
प्रतिक्रिया दिनुहोस्