काठमाडौं, २४ भाद्र । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई आइतबार महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार आयोजित विशेष कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु तथा उच्चपदस्थ सरकारी र सेनाका अधिकारीको उपस्थितिमा राष्ट्रपति भण्डारीले थापालाई महारगीको दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन् ।
महारथी थापाले आइतबार नै प्रधानसेनापतिको शपथ पनि लिए । योसँगै कायमकुकायम रहेका थापा प्रधानसेनापति बनेका छन् । प्रधानसेनापति राजेन्द्र क्षेत्री पदावधि समाप्त भएका कारण आइतबारदेखि अवकाश लिँदै लिएका छन् ।
अवकाशमा जानु एक महिनाअघि प्रधानसेनापति बिदा बस्ने सैनिक परम्पराअनुसार प्रधानसेनापति क्षेत्री बिदा बसेका कारण सरकारले साउन २४ गतेदेखि लागु हुने गरी रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो ।
प्रधानसेनापति बनेका थापाले मुख्यालय जङगीअड्डा पुगेर आइतबारदेखि नै नेपालको ४३ औँ प्रधानसेनापतिको रूपमा कार्यभार सम्हाल्दै छन् ।
विसं २०१७ भदौ २५ गते लम्जुङको गाउँ शहरमा जन्मिएका रथी थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए ।
प्रतिक्रिया दिनुहोस्