बेगनास डुंगा दुर्घटनामा बेपत्ता ६ जनाको शव भेटियो, मृतकको संख्या ८ पुग्यो

जागरण न्युज
काठमाडौं, २४ भाद्र । बेगनास गाउँ जान १० जना सवार डुंगा बेगनास तालको लिब्दी टुडँमा शनिबार पल्टिदाँ २ महिलाको तत्कालै मृत्यु भएको थियो भने ६ जना बेपत्ता भएका थिए । तालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको शव फेला परेको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुले आइतबार बिहानैदेखि खोजी कार्य हुँदा हराइरहेका सबै ६ जनाको शव फेला परेको हो ।
खोजीका लागि शसस्त्र प्रहरीको कुरिनटारबाट गोताखोर टोली पोखरा पठाइएको थियो ।
प्रहरीका अनुसार नवलपरासीका ५ वर्षिय प्राचीन पौडेल, ६ वर्षिय शंकर खनाल, ८ वर्षिय शिव खनाल, ३२ वर्षिय रवि खनाल, १७ वर्षिय मनिषा बजगाईँ र ४ वर्षिय रन्जित गैह्रेको शव आइतबार फेला परेको हो । यो सँगै मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनामा परी पोखरा महानगरपालिका २८ कि ५१ वर्षिया कृष्णकुमारी कडेँल ९बजगाई० र तनहुँ भीमादकी ४० वर्षिय जमुना कडेँल ९गैह्रे० को यसअघिनै मृत्यु भइसकेको थियो । रवि खनाल नेपाली सेनाका प्यूठ हुन उनी नेपाली सेनाको अमलेखगन्जस्थित जंगलवारफेयर स्कुलमा कार्यरत थिए ।
तालबाट २८ वर्षिय सपना खनाल र निशा पौडेलको भने जिवितै उद्दार भएको थियो । शनिबार दिउँसो बेगनास डुंगाघाटबाट आफ्ना बालबच्चासहित १० जनाको परिवार एउटै डुंगा लिएर बेगनासतालको सिरानतर्फ गएका थिए ।
प्रतिक्रिया दिनुहोस्