परिषद बैठक रोकिदा राजधानी आएका मुख्यमन्त्रीहरु अन्यौलमा

काठमाडौं, भदौ २४ ।   संघ र प्रदेशबीच राजनीतिक विवाद समाधान गर्न बनाइएको अन्तर प्रदेश परिषद्को बैठक आज बोलाइएको थियो । बैठकमा लागि शुक्रबार नै मुख्यमन्त्रीहरु काठमाडौं आइसकेका थिए ।
तर प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक स्थगित गरे ।
आज आइतवारका लागि बोलाइएको परिषद्को बैठकमा सबै मुख्यमन्त्रीहरू बसेर औँल्याएका प्रदेशहरूका साझा समस्याबारे छलफल गरी समाधानको निकास खोज्ने योजना थियो। तर प्रधानमन्त्रीले उक्त बैठक स्थगित गरेपछि राजधानी आएका मुख्यमन्त्रीहरु अन्यौलमा परेका छन् ।
संघ र प्रदेशबीच तथा प्रदेश(प्रदेशबीच उत्पन्न राजनीतिक विवाद निरूपण गर्न एउटा अन्तर प्रदेश परिषद् रहने संविधानिक व्यवस्था छ।
प्रधानमन्त्री अध्यक्ष रहने र सातै प्रदेशका मुख्यमन्त्रीसहित केन्द्र सरकारका दुईजना मन्त्री सदस्य रहने उक्त परिषद्को बैठक स्थगित भएको जानकारी मुख्यमन्त्रीहरूलाई गराइएको छ।
प्रधानमन्त्रीको व्यस्तताका कारण बैठक स्थगित भएको र छिट्टै बोलाइने प्रधानमन्त्रीको सचिवालयले बताएको छ । तर प्रधानमन्त्री ओली मुख्यमन्त्रीहरुको पोखरा भेलाबाट असन्तुष्ट भएर बैठक रोकेको बताइएको छ ।
मुख्यमन्त्रीहरुको भेलालले प्रदेश सरकारलाई सहयोग र सहजीकरण नगरेको भन्दै प्रधानमन्त्री र संघ सरकारको आलोचना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्