मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती मनाईंदै

काठमाडौं,२४ भाद्र ।  राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औं जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी आज मनाइँदै छ ।

१९२३ साल भाद्र कृष्ण कुशे औंसीका दिन जन्मिएका युवाकवि भट्टको १९५३ साल भाद्र कृष्ण कुशे औंसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।

भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याएका थिए ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिनुभएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याए ।

नेपालमा छापाखाना भित्र्याएको श्रेय समेत उनले नै पाएका छन् ।

उनका ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् । भट्ट नेपाली कविताको माध्यमिक कालका केन्द्रीय प्रतिभा हुन् ।

आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेका रामायणको पाण्डुलिपी खोजी उहाँले नै १९४१ सालमा प्रकाशन गराएका थिए ।

भट्ट नेपाली साहित्यका पहिलो भूमिका लेखकसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्