निर्माणाधीन रनवेमा एयर इन्डियाको विमान अवतरण, पाइलटले जोगाए १३६ यात्रुको ज्यान

काठमाडौं,२३ भदौ। एयर इन्डियाको एउटा विमान निर्माणाधीन रनवेमा अवतरण गरिएको छ । अवतरणका क्रममा ठूलो दुर्घटना टरेको छ । विमानमा रहेका सबै यात्री सकुशल रहेका छन् ।
एयर इन्डियाको एउटा विमान भारत केरलको तिरुवनंतपुरमबाट एक सय ३६ यात्रु लिएर उडेको थियो । एयर इन्डियाका एक वरिष्ठ अधिकारीले भने, ‘भीटी एक्सएल विमान मालदिभ्सको मालेमा बनाउँदै गरिएको रनवेमा ल्याण्डिङ गरिएको छ । ल्याण्डिङका क्रममा विमानको दुईवटा टायर पञ्चर भएको छ ।’
एयर इन्डियाको फ्लाइट नम्बर ३२० एनईओलाई गलत निर्देन प्राप्त भएकाले पाइलटले बनाइँदै गरिएको रनवेमा विमान अवतरण गराएको बताइएको छ ।
जुन रनवे सञ्चालनमा आएकै छैन । तर पाइलटले सावधानीपूर्ण तरिकाले विमानलाई अवतरण गराउँदै ठूलो दुर्घटना टारेका छन् । विमानमा रहेका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्