नेकपा विप्लव समूहका नेतृ उमा भुजेललाई थुनामुक्त गर्न आदेश

काठमाडौं, २२ भाद्र ।  सर्वोच्च अदालतले नेकपा विप्लव समूहका नेतृ उमा भुजेललाई थुनामुक्त गर्न आदेश दिएको छ ।
भुजेललाई १२ भदौमा बालाजुबाट पक्राउ गरेको थियो । क्रसर उद्योगमा आगजनी गरेको अभियोगमा अनुसन्धानका लागि जिल्ला अदालत काभ्रेबाट म्याद थप गरिएको छ ।
तर, प्रतिमा भुजेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय सारदाप्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको छ ।
आधार र कारण नखोली थुनामा राख्न म्याद थप भएको भन्दै सर्वोत्चले बन्दी प्रत्यक्षीकरणको आदेश हुने ठहर गरेको छ ।
सर्वोच्चले भुजेललाई सर्वोच्चको मुख्य रजिष्ट्रारको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस्