घुमिफिरी रुम्जाटार, प्राधिकरणको अध्यक्षमा पुनः झा नियुक्त

काठमाडौं, २१ भाद्र । घुमिफिरी रुम्जाटार भने झैं फरि पनि नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा नियुक्त भएका छन् । झा खुल्ला प्रतिस्पर्धाबाट प्राधिकरणको अध्यक्षमा नियुक्त भएका हुन् ।

प्रतिस्पर्धामा १५ जनाले फर्म भरेकोमा ३ जनाको नाम छनौट भएको थियो । जसमा एक नम्बरमा झाको नाम छनौट भएको हो ।

यसअघि झा दुईपटक प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए । नयाँ नियुक्तिसँगै झाले अब ५ वर्ष प्राधिरकणको नेतृत्व सम्हाल्नेछन् ।

झालाई यसअघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेकोमा केपी ओली नेतृत्वको सरकारले बर्खास्त गरेको थियो । त्यस पछिको पनि फेरि पनि झा नै प्राधिकरणको नेतृत्व समाल्न पुगेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्