पूर्व-पश्चिम  राजमार्गको कञ्चनरुपदेखि कमलासम्म अब चार लेन

काठमाडौं, भदौ २१ ।  सप्तरीको कञ्चनरुप (रुपनगर)देखि सिराहको कमलासम्मको सडक खण्ड आधुनिक स्वरुपमा विस्तार हुने भएको छ । अहिले दुई लेनमात्रै रहेको यो खण्ड विस्तारपछि चार लेनको हुनेछ । सँगै सोल्डर र सर्भिसलेन पनि जोडिनेछ ।
पूर्व(पश्चिम राजमार्ग अन्तरगतको महत्वपूर्ण खण्डका रुपमा रहेको सडकलाई विस्तार गर्न लगननी जुटाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यो झण्डै ८५ किलोमिटरको सडकखण्ड हो ।
सडक विभागले एसियाली विकास बैंकको ऋण सहयोगमा यो खण्डको विस्तार गर्न लागेको हो । यसका लागि केही महिनाभित्रै एडीबीसँग ऋण सम्झौता हुने एडीबी आयोजनाका निर्देशनालयका इन्जिनियर प्रदीपराज शाक्यले बताए ।
लगानीका लागि ऋण सम्झौता भएपछि टेण्डर प्रक्रिया टुंग्याएर एडीबीको सहमति लिएपछि आयोजना कार्यान्वयन हुनेछ । सडकको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्