झापाका दुईवटा पानी उद्योगमा शिलबन्दी

काठमाडौं, भदौ २१ । झापाका दुईवटा पानी उद्योगमा शिलबन्दी गरिएको छ । झापामा सञ्चालित पानी उद्योगको स्थलगत अनुगमन गर्न आएका प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसहितको टोलीले बिर्तामोडस्थित गोरखा मिनिरल वटार उद्योग र बुद्धशान्तिस्थित भगवती डेभरेज उद्योगमा तालाबन्दी गरिएको घरेलु तथा साना उद्योग कार्यालय झापाका अधिकृत चन्द्रप्रसाद मिश्रले जानकारी दिए।
उनका अनुसार मोहन सिटौला र ललीतचन्द्र गजुरेलद्वारा सञ्चालित गोरखाले ‘निरागी’ नामक पानी र सुमन पनेरुद्वारा सञ्चालित भगवतीले ‘ओ–एक्वा’ नामक पानी उत्पादन गर्दै आएका थिए। दुवै उद्योगले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरबाट खाद्य अनुज्ञयपत्र बिनै पानी उद्योग सञ्चालन गर्दै आएको बताइएको छ।

खाद्य अनुमति पत्र नलिएको भेटाएपछि मन्त्री घिमिरेको निर्देशनमा ती दुई उद्योगमा शिलबन्दी गरिएको अधिकृत मिश्रले बताए।
त्यसैगरी अनुगमन टोलीले झापामा सञ्चालित १८ वटा पानी उद्योगमध्ये १० वटा उद्योगको स्थलगत अनुमगन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्