जापानमा ६ .७ रेक्टरस्केलको भूकम्प, एकको मृत्यु, २० बेपत्ता

काठमाडौं, भदौ २१ । जापानको उत्तरी द्वीप होक्काइडोमा बिहिबार ६.७ तीब्रताको भूकम्पको झट्का महसुस गरिएको छ ।  स्थानीय मिडियाका अनुसार होक्काइडोमा भूकम्पपछि आएको पहिरोका कारण २० भन्दा बढी हराइरहेका छन् ।
अमेरिकी भूगर्भ्विद्का अनुसार भूकम्पको केन्द्र होक्काइडोको मुख्य शहर सप्पोरोबाट ६८ किलोमिटर टाढा दक्षिण पूर्वमा थियो । भूकम्पपछि थुप्रै इलाकामा बिजुली आपूर्ती बन्द भएको छ ।
सरकारी टेलिभिजन एनएचकेको रिपोर्टमा अत्सुमी शहर नजिकै पहाडी इलाकामा पहिरोपछि १० जनालाई अस्पताल भर्ना गरिएको बताएको छ ।
होक्काइडो इलाकामा रेल सेवा पनि प्रभावित भएको छ । भूकम्पले होक्काइडो र न्यू चिटोस एयरपोर्टमा पनि क्षती पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्