प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो !

काठमाडौं, भदौ २१ । प्रतिनिधिसभा बैठकमा बुधबार सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए । उनले भने, ‘प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो छ ।’
उनले भैरहवा र धनगढीको जहाज भाडासमेत प्रस्तुत गरेर काठमाडौंको ट्याक्सी भाडासँग तुलना गरे । काठमाडौंदेखि भैरहवा १ सय ८५ किलोमिटर जहाजमा ३ हजार रुपैयाँ (प्रतिकिलोमिटर १६ रुपैयाँ) मा यात्रा गर्न सकिने उनले सुनाए ।
उनका अनुसार काठमाडौंदेखि धनगढी ४ सय ८० किलोमिटर दुरी ६ हजार रुपैयाँमा यात्रा गर्न सकिन्छ । अर्थात १ किलोमिटरको १२ रुपैयाँ ५० पैसा पर्छ ।
२०७२ माघ २४ मा सरकारले निर्धा्रित शुल्क अनुसार ट्याक्सीको एक किलोमिटरको ३५ रुपैयाँ छ । नापतौल गुणस्तर विभागले भने यातायात व्यवस्था विभागले निर्धारण गरेभन्दा एक रुपैयाँ बढाएर ३६ रुपैयाँ लिन पाउने गरी मिटरमा सिल लगाउने गरेको छ ।–कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्