चिनियाँ कम्पनीले सुरुङमार्ग निर्माणका लागि ९५ प्रतिशत लगानी गर्ने

काठमाडौं, भदौ २१ । लगानी अभावले लामो समयदेखि रोकिएको काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनीसँग संयुक्त विकास सम्झौता (जेडीए) सम्पन्न भएको छ ।
सुरुङमार्गको प्रवर्द्धक नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल) र चीनको पावर चाइना कम्पनीबीच यो सुरुङमार्ग परियोजनाको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा सञ्चालन व्यवस्थापनका लागि सहमति भएको हो ।
गत साता भएको जेडीएमा पावर चाइनाले परियोजनाको सम्पूर्ण लागतको ९५ प्रतिशतसम्म लगानी गर्ने सहमति गरेको एनपीबीसीएलले जनाएको छ । पावर चाइनाले ७५ः२५ अनुपातमा ऋण लगानीका लागि अन्तराष्ट्रिय वित्तीय संस्थाहरुबाट लगानीको व्यवस्थापन गर्ने जिम्मासमेत लिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्