स्विजरल्याण्डद्धारा नेपाललाई २ अर्बको अनुदान दिने प्रतिवद्धता
काठमाडौं, २०, भाद्र ।स्वीस सरकारले नेपाललाई २ अर्ब रुपैयाँ अनुदान सहयोग दिने प्रतिवद्धता जनाएको छ। स्वीस सरकारले युवा पलायन रोक्न आगामी ४ वर्षको लागि उक्त अनुदान दिने सहमति गरेको छ।
बुधवार उक्त सम्झौतापत्रमा नेपालको तर्फबाट अर्थ सचिव राजन खनाल र नेपालका लागि स्विजरल्याण्डका राजदूत एचई एलिसाबेथ भोन क्यापेलेरले हस्ताक्षर गरे।
संघियताको खर्च व्यवस्थामा सघाउन पनि उक्त रकम प्रयोग गर्ने समझदारी पत्रमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्