पूर्वसचिव नवीनकुमार घिमिरे अख्तियार प्रमुखमा सिफारिश
काठमाडौ, २० भाद्र । पूर्वसचिव नवीनकुमार घिमिरे अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिश भएका छन् । गत फागुन १ देखि दीप बस्न्यातले अवकाश पाएपछि अख्तियार प्रमुख रिक्त थियो ।
बुधबार प्रधानमन्त्री कार्यालयमा बसेको संवैधानिक परिषद्को बैठकले अख्तियारका आयुक्त रहेका पूर्वसचिव घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले जानकारी दिए ।
बैठकमा प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष नियुक्तिका विषयमा छलफल भए पनि निर्णय नभएको अध्यक्षले बताए ।
प्रमुख आयुक्तमा सिफारिश घिमिरे रक्षा र गृहसचिव पनि भएका थिए । उनी २०७१ सालमा अख्तियारको आयुक्त बनेका थिए ।















प्रतिक्रिया दिनुहोस्