काठमाडौं, भाद्र २० । संवैधानिक परिषदको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख नियुक्तिको विषयमा छलफल हुने भएको छ ।
अख्तियार लामो समयदेखि प्रमुख आयुक्तविहीन छ । दीप बस्न्यातले अवकाश पाएपछि गत फागुनदेखि अख्तियार कार्यवाहकको भरमा चलिरहेको छ ।
हाल कार्यवाहकको जिम्मेवारी नविनकुमार घिमिरेले पाएका छन । बैठकले घिमिरेलाई नै प्रमुख आयुक्तमा नियुक्ति सिफारिस गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्