उर्जा मन्त्री पुन बंगलादेश किन जाँदै छन् त ?

काठमाडौं, भदौ २० । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन ‘अन्नत’ बुधबार दिउँसो बंगलादेश जाँदै छन् । उनी दिउँसो १२ बजे पाँच सदस्यीय सरकारी टोलीको नेतृत्व गर्दै वापर एण्ड इनर्जी विकमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।
वापर एण्ड इनर्जी विक बंगलादेश सरकारले आयोजना गर्न लागेको हो । मन्त्री पुन विकमा सहभागी भएर भदौ २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।
बंगलादेशको तीनदिने भ्रमणका क्रममा उनले त्यहाँकी प्रधानमन्त्री शेख हसिना र आफ्ना समकक्षी नसरुल हमिदसँग भेटवार्ता गर्नुका साथै उर्जा क्षेत्रमा गर्ने सहकार्यबारे समेत छलफल गर्ने छन् ।
गएको महिना बङ्गलादेशसँग इनर्जी कोअपरेशनमा समेत हस्ताक्षर भएको थियो । उर्जामन्त्रीको यसपटकको भ्रमणमा उर्जा क्षेत्रमा थप सहकार्य गर्नेबारे समेत छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्