सिरियामा पुनः हमलाको तयारी, अमेरिका र संयुक्त राष्ट्रले दिए यस्तो चेतावनी

काठमाडौं, भाद्र २० । संयुक्त राष्ट्रले रुस र टर्कीलाई सिरियामा विद्रोहीको कब्जामा रहेको अन्तिम पकड क्षेत्र इदलिब प्रान्तमा सम्भावित विध्वंश रोक्नका लागि तत्काल कारवाही गर्न आदेश दिएको छ ।

सिरियाली राष्ट्रपति बशर अल असदको सेना रुसको समर्थनमा घना जनसंख्या भएको इदलिबमा आक्रामक सैन्य कारवाहीको योजना बुनिरहेको भन्ने खबर सार्वजनिक भएसँगै संयुक्त राष्ट्रले यस्तो चेतावनी दिएको हो ।

यसअघि रुसी विमानले इदलिबको मुहमबल र जदरायामा हमला गरेको जसमा बच्चासहित नौजनाको मृत्यु भएको खबर सार्वजनिक भएको छ ।
त्यहाँका स्थानीय अबू मोहम्मदले बिहान ११ बजेदेखि बेलुका चारबजेसम्म हवाई हमला भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्