कालिमाटीका ६ जना व्यवसायीलाई हटाइयो, ९४ जनाको स्पष्टीकरण अध्‍‍यययन गरिँदै

काठमाडौं, भाद्र १९ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले रातो सूचीमा परेका ६ जना व्यवसायीलाई हटाएको छ।

मंगलबार बसेको बोर्ड बैठकले समितिले सोधेको स्पष्टिकरण नबुझाउने ६ जनालाई हटाइउने निर्णय गरेको हो।

मोहम्मद जुनैद, इसराफिल कवारी, खुद्रा व्यवशायी पुरुषेत्तम राई, पार्वती श्रेष्ठ, रामबहादुर खड्का र बिष्णुकुमार बस्नेतलाई हटाइएको हो।

रातो सूचिमा परेका बाँकी ९२ जना व्यवशायीले बुझाएको स्पष्टिकरणमा अध्ययन गर्न ५ सदस्सीय कार्यदल बनेको छ।

कार्यदलले भदौ २३ गते प्रपिवेदन बुझाउनेछ र २४ गते बोर्ड बैठक बसेर उनीहरुको बारेमा निर्णय हुनेछ।

कार्यदलमा कृषि मन्त्रालय, किसान आयोग, व्यवशायी, किसान र समितिका तर्फबाट एक एक जना प्रतिनिधि सहभागि छन्।

प्रतिक्रिया दिनुहोस्