काठमाडौं, भाद्र १९ । सशस्त्र प्रहरी बल (बीओपी) भन्सार कार्यालय, कैलालीले लाखौंका अवैध लत्ताकपडा नियन्त्रणमा लिएको छ ।
कार्यालयले सोमबार राति करिब १२ बजे धनगढी उपमहानगरपालिका–२, मोहनाघाट इलाकाबाट अवैध रुपमा भन्सार छलीका समानहरु आइरहेको सूचनाका आधारमा करिब ४ लाख मूल्य बराबरको रेडिमेड तथा थान कपडाहरु नियन्त्रणमा लिएको हो ।
प्रहरी नायब निरीक्षक (सई) टंकप्रसाद सापकोटाको नेतृत्वमा खटिएको टोलीले बरामद गरिएका समानहरु मंगलबार भन्सार कार्यालय कैलालीलाई बुझाएको सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण धनगढीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्