पर्यटन मन्त्रालय तथा पुरातत्व विभागको प्रतिनिधि टोली किन पुग्यो मुस्ताङमा ?

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पवित्र धार्मिक स्थल मुक्तिनाथको पूर्वाधार विकासका लागि गुरुयोजना तयार गर्न पर्यटन मन्त्रालय तथा पुरातत्व विभागको प्रतिनिधि टोलीलाई मुस्ताङ पठाएको छ ।

गुरुयोजनाको खाका बनाउन मन्त्रालयका उपसचिव दुर्गाप्रसाद भुर्तेल, पर्यटन विभागका सचिन्द्रकुमार यादव र गणेश पौडेल तथा पुरातत्व विभागका ईन्जिनियर प्रज्ज्वल बज्राचार्य मुस्ताङ पुगेका हुन् ।

टोलीले मुस्ताङका तीन स्थानीय तहका जनप्रतिनिधि, मुक्तिनाथ विकास समिति, मन्दिरका पुजारी र स्थानीयसँग गुरुयोजनामा समेट्नुपर्ने विषयमा छलफल गरेको छ ।

बैठकले गुरुयोजना कार्यान्वयनपूर्व तत्काल ६ बुँदे भौतिक सुधार कार्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्