नेपाल टेलिकमको मोबाइल फोनमा देशभर समस्या, लाखौं सेवाग्राही मर्कामा
काठमाडौं । मंगलबार बिहानैदेखि देशभर टेलिकमका धेरैजसाे मोबाइल फोनमा समस्या अाएको छ । यसले गर्दा लाखौँ सेवाग्राही प्रभावित भएका छन् ।
टेलिकमले प्राविधिक कारणले मोबाइल फोनमा समस्या आएको बताएको छ । तर ल्याण्ड लाइन सेवामा भने कुनै समस्या नभएको जनाएको छ । टेलिकमले सेवाग्राहीले पाएको असुविधाप्रति क्षमा माग्दै १४९८ मा फोन गरेर थप जानकारी लिन आग्रह पनि गरेको छ ।
टेलिकमको मोबाइल फोनमा समस्या आएको यो पहिलो पटक भने होइन । यस अघि पनि पटक पटक टेलिकमको मोबाइल फोनमा समस्या आएको थियो ।
मोबाइल नेटवर्कमा खराबी आए पनि त्यसको पहिचान हुन नसकेको उसको भनाइ छ ।
मोबाइल फोन अवरुद्ध भएसँगै प्राविधिकहरु खटिएकाले छिट्टै समस्या समाधान हुने जानकारी टेलिकमले दिएको छ ।
प्रतिक्रिया दिनुहोस्