निर्मला हत्या प्रकरण : सिआइबीका एसएसपी ज्ञवालीलाई कञ्चनपुर पठाइयो

काठमाडौँ ।  प्रहरी प्रधान कार्यालयले कञ्चनपुर घटनाको प्रभावकारी अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक ठाकुर ज्ञवालीलाई खटाएको छ।

कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न गठित समितिलाई थप सहयोग गर्ने गरी ज्ञवालीलाई घटनास्थलमा खटाइएको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले जानकारी दिए। ‘यसअघि गठित समितिलाई थप सहयोग गरी अनुसन्धानलाई प्रभावकारी बनाउन प्रवउ ज्ञवालीलाई घटनास्थल पढाइएको हो,’ उनले भने।

स्थानीयवासीले सरकारले उच्चस्तरीय छानबिन टोली गठन गरेपछि कञ्चनपुरका नागरिक समाज र पीडित परिवारलगायतले अपराधी पत्ता लाग्ने आश्वासनमा आन्दोलन स्थगन गरेका थिए।

बालिका निर्मलाको साउन १० गते बलात्कारपछि हत्या भएको थियो। नक्कली अभियुक्ता खडा गरी दोषी उम्काउन खोजेको पीडितहरुको आरोप छ।

प्रतिक्रिया दिनुहोस्