एनसेलको नयाँ अफर,हरेक हप्ता १० जना ग्राहकलाई १ लाख नगद

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले ‘रिचार्ज एन्ड विन’ नयाँ अफर ल्याएको छ । हरेक हप्ता भाग्यशाली १० जना ग्राहकलाई १ लाख नगद पुरस्कार प्राप्त गर्ने यो अफर चाडपर्वको अवसर पारेर कम्पनीले  ल्याएको हो ।

अफर भदौ १७ गतेदेखि लागू भई १० हप्तासम्म सञ्चालनमा रहने  छ । साप्ताहिक चक्रमा सञ्चालन हुने योजना प्रत्येक आइतबार सुरु भई शनिबार सकिनेछ ।

योजनामा साताभर १ सय रुपैयाँ वा सोभन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले भाग लिई आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले प्रत्येक १ सय रुपैयाँबराबरको रिचार्जका लागि एसएमएसमार्फत एउटा कोड प्राप्त गर्ने कम्पनीले जनाएको छ । सोही कोडलाई लक्की ड्रमा समावेश गरिने  छ । योजना अवधिभर हरेक हप्ताका १० भाग्यशाली ग्राहकको छनोट प्रत्यक्ष प्रसारणमा हुने लक्की ड्रमार्फत गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्