रोयटर्सका दुई पत्रकारलाई ७ वर्षको जेल सजाय
काठमाडौं । म्यानमारको एक अदालतले रोयटर्सका दुई पत्रकारलाई सात वर्षको जेल सजाय सुनाएको छ । देशका गोपनियता सम्बन्धी कानुन उल्लंघन गरेकोमा दोषी ठहर गर्दै अदालतले उनीहरुलाई सात वर्षको जेल सजाय सुनाएको हो ।
रोयटर्सका दुई पत्रकारले रोहिङ्ग्यामाथि भएको हिंसाको सम्बन्धमा अनुसन्धानात्मक रिपोर्िटङ्ग गरिरहेका थिए । त्यस क्रममा देशको गोपनियता सम्बन्धी कानुन उल्लंघन गरेको भन्दै पत्रकारहरु वा लोनी र किव सोए ओलाई बन्दी बनाएको थियो ।
प्रहरी अधिकारीले दिएको आधिकारिक कागजात लिएर फर्किरहेका बेला उनीहरुलाई गएको डिसेम्बरमा पक्राउ गरिएको थियो ।
पत्रकारहरुले भने आफूहरु निर्दोष रहेको र प्रहरीले फसाएको बताउँदै आएका छन् । यो घटनालाई म्यानमारको प्रेस स्वतन्त्रताको अवस्थासँग जोडिएर हेरिएको छ ।
वा लोनीले आफूलाई कुनै किसिमको डर नलागेको बताएका छन् । उनले भनेका छन्, ‘मैले केही गलत गरेको छैन । न्यायमा विश्वास छ । र प्रजातन्त्र र स्वतन्त्रतामा पनि ।’
रोयटर्सका प्रधान सम्पादक स्टिफन एड्लरले यो दिन म्यानमार, रोयटर्सका दुई पत्रकार वा लोनी र किव सोए ओ र प्रेस स्वतन्त्रताका लागि दुःखद दिन रहेको बताएका छन् ।
न्यायाधीश यी एविनले योङ्गुनमा रहेको अदालतमा फैसला सुनाउँदै दुई पत्रकारले राज्यलाई हानी गर्ने मनसाय राखेको बताए ।
प्रतिक्रिया दिनुहोस्