आन्दोलनमा उत्रिएका चिकित्सकहरूलाई सरकारले वार्तामा बोलायो, होला त सहमति ?
काठमाडौँ । नयाँ मुलुकी ऐनको विरोध गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूलाई सरकारले वार्तामा बोलाएको छ।
स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले वार्ताका लागि बिहान ११ बजे चिकित्सकलाई मन्त्रालयमा बोलाएका हुन्।
सरकारले बोलाएको बार्तामा जाने र आन्दोलन पनि जारी राख्ने स्वास्थ्यकर्मीको तयारी छ ।
संघको आयोजनामा आज देशभरका अस्पतालमा प्रशासनिक काम बन्द गरिएको छ। आइतबार आकस्मिकबाहेक सेवा बन्द गरेर चिकित्सकहरूले नयाँ मुलुकी ऐनमा भएको इलाज व्यवस्थाको विरोध गरिरहेका छन् ।
ऐन बनाउँदा आफूहरूलाई एक पटक पनि नसोधिएको र बद्नियतपूर्ण तरिकाले कानुन ल्याएको चिकित्सकहरूको आरोप छ। उनीहरूले अपराध संहिताको दफा २३० देखि २३३ सम्मका व्यवस्था सच्याउनु पर्ने माग गरेका छन्।
सरकारले भने चिकित्सकहरूले अत्यावश्यक सेवा अवरोध गरेको भन्दै उनीहरूलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको थियो।
प्रतिक्रिया दिनुहोस्