चट्टान र पहिरो हटाएर नेपाली सेनाले खुलायो अबरुद्ध रसुवागढी नाका !

काठमाडौं । तीन साता अघिबाट अबरुद्ध भएको रसुवागढी नाका जोड्ने सडक आजदेखि संचालनमा आउने भएको छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङभीरमा बाढीले क्षति गरेको सडक नेपाली सेनाले निर्माण गरेपछि सवारी साधन संचालनमा ल्याउन लागिएको हो ।

सडक खुलाउन ७ दिन लाग्ने अनुमान गरिएकोमा सेनाले तीन दिनमै काम पूरा गरेको छ ।

त्रिशुली नदीको पहिरो पन्छाएर यही भदौ १५ गतेदेखि नेपाली सेना र डिभिजन सडक कार्यालयको टोलीले काम सुरु गरेका थिए ।

सडक डिभिजन कार्यालय, मैलुङ स्याफ्रु निर्माण कार्यदल र नेपाली सेनाले सडक सुचारु गर्न लगातार काम गर्दै आएका थिए ।

रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ ।

अन्तर्राष्ट्रिय नाका घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ ।

रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्