लिबियामा जेलको ढोका फोरेर ४०० कैदी फरार

काठमाडाैं ।  लिबियाको राजधानी त्रिपोली नजिक रहेको जेलबाट झण्डै ४०० कैदी फरार भएका छन् । बिद्रोही समूहबिच भएको झडपको क्रममा कैदी भागेको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

आइन जारा जेलमा रहेका कैदीले ढोका फोरेर भागेका हुन् । कैदीबाट ज्यान जोगाउनका लागि सुरक्षाकर्मी भागेको प्रहरीको भनाई छ । त्रिपोलीमा बिद्रोही समूहबिच युद्ध भइरहेको छ । यसैलाई मध्यनजर गरेर संयुक्त राष्ट्रसंघको मान्यता पाएको सरकारले आपतकाल लागु गरेको छ ।

आइन जारा जेलमा रहेको अधिकांश कैदी लिबियाका पूर्व शासक मुअम्मर गद्दाफीका समर्थक थिए। सन् २०११ मा गद्दाफी विरुद्ध भएको प्रदर्शनको क्रममा मानिसको हत्या गरेको आरोपमा बन्दी बनाइएकाहरु अहिले भागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्