पहिरोमा तीन बालबालिका पुरिए, बाबुआमा घाइते
काठमाडौं । सल्यानको बागचौर नगरपालिका १२ ओख्रेनी मुलखोलामा पहिरोमा तीन बालबालिका पुरिएका छन् ।
आइतबार बेलुकी ५ बजेतिर स्थानीय बालाराम डाँगीको घर पहिरोमा पुरिंदा उहाँका १० वर्षीय छोरी ललिता, ७ वर्षीय छोरा ललित र ४ वर्षकी छोरी मेनका बेपत्ता भएका १२ नम्बर वडाका अध्यक्ष दिपक वलीले जानकारी दिनुभयो ।
पहिरोमा परेर बालाराम डाँगी र उहाँकी श्रीमती समेत घाइते हुनु भएको छ । घरमा बालबालिकाले खाना खाँदै गरेका बेला पहिरो खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्