विष्ट प्रकरणः सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश जारी

काठमाडौ, १७ भाद्र । माओवादीका पूर्व बाल सैनिक लडाकु लेनिन बिष्टलाई विदेश जान रोक लगाइएको विषयमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गृह मन्त्रालय र अध्यागमन विभागलाई कारण दिन आदेश गरेको हो ।

बिष्टले आफुलाई बिनाकारण विदेश जान रोक लगाएको भन्दै सर्वोच्च अदालतमा बिहिबार हालेको रिट निवेदनमा आइतबार अदालतले सुनुवाई गर्दै यस्तो आदेश जारी भएको हो । एक अन्तर्राष्ट्रिय कार्यक्रममा भाग विष्ट गत शुक्रबार बिहान थाइल्यान्ड जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उनलाई माथिको आदेश भन्दै फर्काइएको थियो ।
यस प्रकरण राष्ट्रिय तथा अन्तराष्ट्रिय रुप लिएपछि राष्ट्रिय मानवअधिकार आयोग र अन्य संस्था तथा न्यायलयले चासो व्यक्त गरेको छ । हाल उनी युवा अभियानको निमित्त काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्