विदेशमा बस्ने सबै नागरिकलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश

काठमाडौं। विदेशमा बस्ने नागरिकलाई पनि मतदानको व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

अधिवक्ता प्रेमचन्द्र राईले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो।

‘विदेशमा रहेका सबै नेपाली नागरिकले निर्वाचनमा भाग लिई प्रजातन्त्रको महायज्ञमा सामेल भै मतदानको हक उपभोग गरी सरकार गठन प्रक्रियामा सहभागी हुने सहज र सरल वातावरण निर्माण गर्नुपर्ने दायित्व नेपाल सरकारमा रहेको छ।तसर्थ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुमा मात्र मतदानको अधिकार सिमित नगरी विभिन्नर उद्देश्यले विदेशमा रहेका सवै नागरिकहरुलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक प्रवन्ध गरी व्यवस्थित गर्ने तर्फ आवश्यक कदम चाल्नु’, फैसलामा भनिएको छ।

तर उक्त नागरिकले विदेशी नागरिकता भने त्यागेको हुनुपर्ने आदेशमा सर्त राखिएको छ।

सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको इजलासले फैसला गरेको हो।

प्रतिक्रिया दिनुहोस्