श्रीलङ्काली राष्ट्रपति सिरिसेना आनन्दकुटी बिहारमा, १५ इन्चको बुद्धको प्रतिमा उपहार
काठमाडौं । बिम्स्टेक सम्मेलनका लागि नेपाल आएका श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आनन्दकुटी विहारको दर्शन तथा पूजा गरेका छन् ।
आईतबार बिहान ११ बजे स्वयम्भूस्थित आनन्दकुटी विहार पुगेर सिरिसेनाले विहारमा रहेको बुद्धको अस्थी धातु समेत दर्शन गरेका छन् ।
श्रीलङकाबाट ल्याइएको बुद्धको अस्ति धातुको समेत उनले अबलोकन गरेका छन । अस्ति धातु राखिएको चैत्य भुकम्पपछि पुर्ननिर्माण भइरहेकाले सुरक्षीत स्थानमा राखिएको छ ।
श्रीलङकाली सरकारको सहयोगमा पुर्ननिर्माण भइरहेको आनन्दकुटी बिहारको राष्ट्रपति सिरिसेनाले जानकारी लिएको बिहारका भिक्षु असज्जीले बताए । याे बिहारको भुकम्पपछि पुर्ननिर्माणका लागि श्रीलङकाली सरकारले २१ करोड सहयोग गरेको थियो ।
बिहार पुर्ननिमार्णका लागि अहिलेसम्म २० करोड खर्च भइसकेको र अझै एक वर्षमा मात्र पुर्ननिर्माण सम्पन्न हुने भिक्षु असज्जीले बताए ।
बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका राष्ट्रपति सिरिसेनाले आनन्दकुटी विहारमा आयोजना गरिएकोे धार्मिक पुजामा समेत सहभागी भएका छन ।
विहारका प्रमुख भिक्षु धर्ममैत्रीले राष्ट्रपति सिरिसेनालाई सुनको मोलम्बा (जलप) लगाएको १५ इन्चको बुद्धको प्रतिमा उपहार दिएका छन । यसअघि शनिबार सिरीसेनाले लुम्बिनीमा गएर दर्शन गरेका थिए ।
विमस्टेक सम्मेलनमा भाग लिन नेपाल आएका राष्ट्र प्रमुखहरु फर्किसकेपनि सिरिसेना आइतबारै फर्कने छन् ।
सिरीसेना आज ३ बजे स्वदेश फर्कदैछ । ३ बजे सोल्टी होटलदेखि एयरपोर्टसम्मको सडक केही समय प्रभावित हुने समेत महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्