चार दिनदेखि बन्द जलेश्वर–बर्दिबास सडक सञ्चालनमा

 

काठमाडौं । जलेश्वर–बर्दिबास सडकखण्ड चार दिनपछि सञ्चालनमा आएको छ ।

आठ महिने शिशुको अपहरणपछि हत्या गरिएको भन्दै विरोधस्वरुप यहाँ यातायात सेवा बन्द गरिएको थियो । स्थानीय प्रशासनले शिशुको अपहरण र हत्यामा संलग्न व्यक्तिलाई पक्राऊ गर्ने प्रतिबद्धता जनाएपछि यातायात सञ्चालनमा आएको हो ।

शनिबार प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, जिल्ला समन्वय समितिका प्रमुख सुरेश सिंह, नेपाली कांग्रेसका जिल्ला सभापति महेन्द्रकुमार रायसहितको उपस्थितिमा स्थानीय प्रशासन र प्रहरीले भदौ २० गतेसमम अभियुक्तलाई पक्राऊ गरी कारबाही गर्ने प्रतिबद्धता जाहेर गरेको थियो ।

सहमतिपछि आज बिहानैदेखि जलेश्वर–बर्दिबास सडकखण्डमा सवारीसाधन चल्न थालेका छन् । औरही नगरपालिका–१ का सन्तोष चौधरीकी आठ महिनाकी छोरी सोनाली गत आइतबार अपहरणमा परेकी थिइन । उनको शव सोमबार भंगहा– ६ स्थित जङ्गलमा फेला परेको थियो । उक्त घटनाको विरोधमा स्थानीयवासीले यातायात सेवा तथा बजार बन्द गरेका थिए । थिए ।

प्रतिक्रिया दिनुहोस्