अबरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टापछि खुल्यो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टा पछि खुलेको छ । शनिबार बेलुकी यती एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिएपछि विमानस्थलमा उडान र अवतरण बन्द भएको थियो ।
धावनमार्गमा रहेको जहाज हटाएपछि आइतबार बिहान ८ : २५ देखि विमानस्थल सञ्चालनमा आएको हो ।
शनिबार बेलुकी ८ : ३० बजेदेखि विमानस्थल बन्द हुँदा रातीका सबै उडान रद्द गरिएको थियो भने बाहिरबाट आउँदै गरेका जहाजलाई दिल्ली, लखनउ लगायत ठाउँमा डाइभर्ट गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्