अमेरिकामा लरी र बस ठोक्किँदा ८ जनाको ज्यान गयो

काठमाडाैं । अमेरिकाको न्यु मेक्सिकोमा लरी र बस ठोक्किँदा ८ जनाको ज्यान गएको छ । दुर्घटनामा अरु केही घाइते भएका छन् । न्यु मेक्सिकोको थोरेउ बजारमा ४९ जना यात्रु चढेको बस र लरी ठोक्किएका हुन् ।

लरीको एउटा टायर फुत्किएपछि दुर्घटना भएको हो । लरीका ड्राइभर घाइते भएका छन्, तर उनको अवस्था खतरामुक्त रहेको स्थानीय सञ्चारमा माध्यमलाई उद्धृत गर्दै सिबिएस न्युजले जनाएको छ ।

बसमा रहेका प्रायः सबै यात्रुलाई कम्तिमा सामान्य चोट लागेको छ । उनीहरुलाई अस्पताल लगिएको सिबिएसले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्