निर्मलाका सहपाठीले प्रधानमन्त्रीलाई सोधेः हत्यारा कहिले पक्राउ पर्छन्?
काठमाडाैं । कञ्चनपुरको सरस्वती माविको कक्षा ९ मा अध्यनरत जानकी भट्ट स्कुलमै बेलाबेलामा झस्किन्छिन्। झस्किने मात्र होइन, हिजोआज उनलाई पढाईमा पनि मन गएको छैन। कक्षा कोठामा पैवेश गर्नेवित्तिकै निर्मला पन्त बस्ने ठाउँमा उनको दृष्टि परिहाल्छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा महेन्द्रनगरबाट विष्णुप्रसाद देवकोटाले लेखेका छन्।
निर्मलाका हत्यारा अहिलेसम्म पक्राउ नपरेकोमा निर्मलाका सहपाठीहरु अझ आतंकित भएका छन् । गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका सहपाठीहरुले साथीका पक्राउ नपरेकोबारे प्रधानमन्त्रीलार्इ चिठ्ठी लेखेका छन्। निर्मलाका साथीहरु जानकी भट्ट, लक्ष्मी बडू, पूजा चन्द र गीता जोशीले प्रधानमन्त्रीलाई पत्र लेखेका हुन् । उनीहरूले साथीका हत्यारा कहिले पक्राउ पर्छन् भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिट्ठी लेखेका हुन्।
साथीको हत्या भएको ३७ दिन बितिसक्दा पनि हत्यारा पक्राउ नपरेको भन्दै उनीहरुले आफ्नो साथीका हत्याराबारे प्रधानमन्त्रीलाई सोधेका छन्। हत्यारा पक्राउ नपर्दा आफुहरु मानसिक तनावमा र असुरक्षित समेत रहेको उनीहरुले बताएका छन्। निर्मलाका सहपाठीहरुले छिटोभन्दा छिटो हत्यारालाई पक्राउ गरेर कारवाही गर्न माग गरेका छन् । कक्षा १ देखि एकसाथ अध्ययन गर्दै आएका ४ जना सहपाठीहरूले प्रधानमन्त्रीलाई लेखेको पत्र राजधानी पठाइएको छ।















प्रतिक्रिया दिनुहोस्