प्रदेश प्रहरी ऐन विवादमा, संघ र प्रदेशबीच पनि द्वन्द्व

काठमाडौं । प्रदेश प्रहरी ऐनको विषयलाई लिएर प्रदेश र संघबीच विवाद देखिएको छ ।

प्रदेश मामिला समितिले हेटौंडामा गरेको ‘संघीयतामा प्रदेशको शान्ति सुरक्षा र प्रदेश प्रहरी’ विषयक अन्तरक्रियामा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले संविधान बनाउनेले नै मिचेको आरोप लगाए ।

‘संघीय सरकारले नै कानुन मिचेको छ, संविधानमा व्याख्या भएको अधिकार पनि नदिने,’ उनले भने, ‘केन्द्र सरकारसँग विवाद गर्ने पक्षमा त हामी छैनौं, तर हामी गम्भीर हुनुपर्ने बेला आएको छ ।’

प्रहरी प्रदेश ऐन बनाउने कुरामा हतार नगरिएको भन्दै उनले केन्द्र र प्रदेशबीच टबराव बढाएर व्यवस्था नै असफल बनाउने शक्ति सक्रिय भएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्