रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको सर्भेका लागि सम्झौता !

काठमाडौं ।  बिमस्टेक सम्मेलनको लागि काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

होटल सोल्टीमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयका साथै एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल र भारतका प्रधानमन्त्रीहरुको उपस्थितिमा रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग निर्माणको लागि प्रारम्भिक इन्जिनियरिङ अध्ययनको विषयमा दुई देशबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झाैतापत्रमा नेपालका तर्फबाट भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र भारतका तर्फबाट नेपालका लािग भारतीय राजदूत मञ्जीभसिंह पुरीले हस्ताक्षर गर्नुभएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्