हाम्रो विकास बैंकले प्रस्ताव गर्यो १०.३१ प्रतिशत लाभांश

जागरण न्युज
काठमाडौं, भाद्र, १५ । ज्योती विकास बैंकमा गाभिन लागेको हाम्रो विकास बैंकले गतबर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साउन १४ गतेको बैंक संचालक समितिको बैठकले २.४० प्रतिशत बोनस शेयर तथा कर सहित ७.९१४५ प्रतिशत नगद लाभांश गरी कुल १०.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
हाम्रो विकास बैंकलाई ज्योति विकास बैंकले एक्वायर गर्देछ । जसका लागि राष्ट्र बैंकले सैद्धान्तिक सहमति समेत दिइसकेको छ ।
राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकले प्रस्ताव गरेको लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।
हाल बैंकको चुक्त्ता पूँजी ४९ करोड २२ लाख रुपैयाँ रहेको छ । बोनसपछि बैंकको चुक्त्ता पूँजी ५० करोड ४० लाख रुपैयाँ पुग्नेछ ।
ज्योति विकास बैंकले गत असार ३१ गते हाम्रो विकास बैंकलाई खरिद गर्ने सम्झौता गरेको थियो । दुबै बैंकबीच स्वाप रेसियो सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए) को आधारमा निर्धारण गरिने सहमति छ ।
प्रतिक्रिया दिनुहोस्