आरएसडिसी लघुवित्तको २ लाख ९१ हजार कित्ता शेयर लिलाममा

जागरण न्युज
काठमाडौं, भाद्र, १४ । आरएसडिसी लघुवित्तले अवितरित हकप्रद शेयर लिलामी गर्नेे भएको छ । लघुवित्तले २ लाख ९१ हजार ४९० कित्ता शेयर लिलामी गर्ने भएको हो । लघुवित्तले २ लाख ६ हजार २२७ कित्ता संस्थापक र ८५ हजार २६३ कित्ता सर्वसाधारण गरी जम्मा २ लाख ९१ हजार ४९० कित्ता शेयर लिलाम गर्ने भएको हो ।
लघुवित्तले गत असार १७ गतेबाट साउन २० गतेसम्म ५ः३ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । उक्त हकप्रदमा शेयरको लागि आवेदन नपरेर बाँकी रहेको लिलामको शेयरमा भाद्र १८ गतेदेखि २५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, ललितपुर, पोखरा, बुटवल, विरगन्ज, विराटनगर र नेपाल इन्भेष्टेमन्ट बैंकको सुर्खेत, नेपालगन्ज, नारायणगढ, धनगढी केन्द्रबाट दिन सकिनेछ ।
आवेदन दिँदा सर्वसाधारणतर्फको लागि कम्तिमा १ सय कित्ता संस्थापकको १ हजार कित्ताको लागि आवेदन दिनु पर्नेछ । हकप्रद पछि कम्पनीको चुक्ता पुँजी ५७ करोड ६० लाख पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्