भारतीय प्रधानमन्त्री मोदीसहित चार बिशिष्ट पाहुना आज नै फर्कने
काठमाडौँ । बिमस्टेकको चौथो सम्मेलनमा सहभागी हुन काठमाडौँ आएका भारतीय प्रधानमन्त्री मोदीसहित ४ बिशिष्ट पाहुना आज (शुक्रबार) नै फर्कने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहित बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, म्यानमारका राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा शुक्रबार नै फर्कने भएका हुन् ।
भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक भने शुक्रबार लुम्बिनी गएर शनिबार फर्कने क्रार्यक्रम छ । श्रीलंकाको राष्ट्रपति मैत्रीपाल सिरिसेना आइतबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदी, बंगलादेशकी प्रधानमन्त्री हसिना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा बिहीबार काठमाडौँ आएका हुन् ।
म्यानमारका राष्ट्रपति विन मिन्ट र भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक दुई दिनअघि बुधबार काठमाडौँ आएका थिए । श्रीलंकाका राष्ट्रपति सिरिसेना भने मंगलबार नै काठमाडौँ आएका थिए ।
प्रतिक्रिया दिनुहोस्