निर्मला पन्त हत्या प्रकरणः प्रहरीले निर्मलाको सुरुवाल धोएर सुकाएको भिडयो भाइरल
काठमाडाैं । कञ्चनपुरको भीमदत्त–२, उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा तत्कालीन प्रहरी प्रमुखसहितले प्रमाण मेटाउन लागेको स्थानीयले आशंका गरेका छन्।
घटनास्थलमा शवसँगै भेटिएको निर्मलाको सुरुवाल प्रहरीले नै धोएर निचोरेको, घटनास्थल सुरक्षा नगरेको, निर्मला पढ्न गएको बम परिवारको आँगनको अम्बाको रूख काटिएको र घरभित्र रङरोगन गरिएको विषय शंकास्पद रहेको उनीहरू बताउँछन्।
कञ्चनपुरबाट लेखिएको यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ। प्रहरीले निर्मलाको सुरुवाल धोएर निचोरको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
प्रतिक्रिया दिनुहोस्