आईजीपी खनालका १० कमजोरी, यसरी गुमाउदैछन जनताको विश्वास !

काठमाडौँ । नेपाल प्रहरीमा कुनैदिन यस्तो थियो, प्रहरीमा सर्बेन्द्र खनालले कुनै चमत्कार गर्नेछन् । संगठनलाई स्तरीय बनाउने छन । डिआईजी छदा उनले केहि राम्रो र छाप छोड्ने काम नि गरेका हुन् । तर जब उनी प्रहरी नेतृत्व सम्हालेर काम गर्न थाले उनको प्रभाव बिस्तारै निष्क्रिय हुन थाल्यो । आईजीपी बनेपछि खनालमाथी ठुलो बिश्वास गर्न थालियो तर उनको कार्यशैली एकल , सामुहिक छलफल नगर्ने र कुनै एक पार्टीको निर्देशनमा मात्रै निर्णय गर्ने भन्ने आरोप लाग्न थाल्यो ।

पछिल्लो समय आईजीपी खनालले मुलुकको शान्ति सुरक्षा,अमनचयन कायम गर्न असफल भएको निष्कर्ष निकाल्न थालेका छन । पछिल्लो समय उनले काम गर्न नसकेपछि पत्रकारलाई बोलाएर आफ्नो गुणगान गाउन लगाउन थालेका छन । केहीदिन अघि साउन १७ गते उनले पुलिस क्लवमा दिएको रात्री भोजले यतिबेला बजार तताएको छ । ठुला मिडियाका पत्रकारसहित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई उनले रात्री भोज दिएका थिए । सोहीबेला पार्टीमा लफडा भएपछि र केही आगन्तुक घाईते भएपछि उनले आफु निकट पत्रकारलाई विदेश भ्रमण,केहीलाई जग्गा समेत हात लगाईदिएको स्रोतले बताएको छ ।

यसरी नेपालको ईतिहासमा प्रहरी नेतृत्वले राज्यको महत्वपुर्ण पदको दुरुपयोग गर्दै रात्री भोज गर्नु कतीको जायज हो ? यसकुरामा सम्बन्धित निकाय गम्भिर बन्न सकेको छैन । सोही विषयमा जिज्ञासा राख्दा एकजनाा पुर्व डिआईजीले प्रहरीको स्वच्छ छवी यसरी धुमिल्याउनु राम्रो नभएको बताएका छन । उनले भनेका छन राज्यको सार्वजनिक पदमा रहेर यो किसिमको रवैया गर्नु पदको दुरुपयोग हो । यसबारे उनीसंग कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन् । यद्यपी उनले सञ्चारमाध्यमहरुलाई प्रहरी संगठन मजबुद हुँदै गएको र देशमा अपराधका घटनाहरुमा कमी आएको दावी गर्दै आएका छन ।

आईजीपी खनाल यसरी बन्दैछन असफल

१.अहिले प्रहरी संगठन कमजोर हुँदै

२.कञ्चनपुरको घटनामा प्रहरी आलोचित

३.नेपालमा अस्वाभाविक रुपमा अपराध बढ्यो

४.माओवादीसँग नजिक भन्ने आरोप,दलगत स्वार्थमा प्रहरी नेतृत्व

५.एसपी, एसएसपीसमेत गृहमन्त्रीका घरघरमा,व्यवस्थापन फितलो

६.एआइजीहरुको बढुवामा ढिलाइ

७.रात्रीभोज प्रकरण

८.एकल निर्णयमा विश्वास

९.कानुन हातमा लिदै ईन्काउन्टर

१०.विभागिय युनिटको कार्यसम्पादन फितलो

प्रतिक्रिया दिनुहोस्