अफगानिस्तानमा सुरक्षा कारबाहीमा परि प्रमुख कमाण्डर सहित चार आतङ्ककारी मारिए

भदौ-१४, तालिबान आतङ्ककारीविरुद्ध भएको एक सैन्य कारबाहीमा परी अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा तालिबानका प्रमुख कमाण्डर कारी कयुम सहित चार आतङ्ककारी मारिएका छन् ।
यस कारबाहीमा अन्य आठ आतङ्ककारी घाइते भएका सो क्षेत्रका सेनाका प्रवक्ता मोहमद हनीफ रेजाइले बिहीबार जानकारी दिए ।
अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरबाट अमेरिका आवद्ध नेटो संयुक्त गठबन्धन सेनाले अफगान युद्ध सकिएको घोषणा गर्दै प्रायः सेना त्यहाँबाट आ– आफनो देश फर्किएका थिए ।
त्यहाँ बाँकी करिब १२ हजार संयुक्त गठबन्धनका सेनाले पनि अफगान सेनालाई सल्लाह र तालिम दिने तर युद्धभूमि गएर तालिबान र अन्य आतङ्ककारी समूहसँग युद्ध नगर्ने घोषणा गरेका थिए । सो घोषणापछि सन् २०१५ को जनवरीबाट अफगानिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मा अफगान सैनिकको काँधमा आएको थियो ।
त्यसपछि अफगान सुरक्षा अधिकारीहरुको हताहतमा बृद्धि भए तापनि तालिबान र इस्लामिक स्टेटस् आतङ्ककारी समूहमाथि हुँदै आएको कारबाहीमा यहाँ सुरक्षा अधिकारीहरुले सफलता नै प्राप्त गरेका छन् ।
एजेन्सी:

प्रतिक्रिया दिनुहोस्