बङ्गलादेशी प्रधानमन्त्री र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रीत रहेर छलफल भएको बुझिएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन हसिना आज बिहान राजधानी आइपुगेकी थिइन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्